Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


सेमिफाइनल समीकरण रोचक


0
Shares

समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्दैछ । त्यसैगरी, समूहको अर्को खेलमा भारत र बंगलादेश भिड्दैछन् ।

यी दुई खेलपछि नै समूह ‘ए’को अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो हुनेछ । २ खेलबाट ४ अंकसहित बंगलादेश शीर्ष स्थानमा हुँदा एक/एक खेल जितेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

बंगलादेशले नेपाल र मलेसियालाई हराएको छ भने भारतले मलेसियालाई हराएको छ ।

नेपालले ऐतिहासिक जित हासिल गर्नेक्रममा आइतबार पहिलोपटक भारतलाई हराएपछि सेमिफाइनल समीकरण रोचक बनेको हो ।

मंगलबारको खेलमा नेपाल विजयी हुँदा भारत र बंगलादेशबीचको खेलमा फराकिलो जित–हारको अन्तरले नेपाल सेमिफाइनलमा पुग्नेछ ।

यस्तै, अर्को समूहबाट मंगलबारै अफगानिस्तान र युएईको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

तीनओटै खेल खेलेको पाकिस्तान र श्रीलंकाको समान ४/४ अंक छ भने अफगानिस्तानको २ अंक छ । अंकविहीन युएई भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।