उतार–चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १४ सय ९० पुग्यो । होटल र विकास बैंक समूहबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । जलविद्युत् समूहमा सबैभन्दा उच्च ७५ अंकको वृद्धि आयो ।
अन्य समूहमा १८ अंकको सुधार आउँदा अरु पनि दोहोरो अंकले सकारात्मक रहे । होटल समूह १२ अंकले ओरालो लाग्दा विकास बैंक समूह भने सामान्य अंकले रातो रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीका १७ लाख ३० हजार कित्ता सेयर ७१ करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्