Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अरुण तेस्रोे र माथिल्लो कर्णालीका लागि लगानी जुटाउने म्याद थप


0
Shares

लगानी बोर्डले अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो ।

बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा सोमबार राजधानीमा बसेको बैठकले यी दुई भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको हो ।

बोर्डले अरुण तेस्रोमा थप ६ महिना लगानी जुटाउन सतलजलाई समय दिएको छ ।

यसैगरी, जीएमआरलाई फाइनान्सिएल क्लोजर गर्ने म्याद एक वर्ष थप गर्ने निर्णय बोर्डले गरेको हो ।

यसैगरी, बैठकले काठमाडौं उपत्यकामा मेट्रो रेल सन्चालनका लागि विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले डीपीआर अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको बोर्डले जनाएको छ ।