Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


बीपी डब्लुलाई तीन विधामा अन्तर्राष्ट्रियस्तरको अवार्ड


0
Shares

बीपी डब्लुले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी इजिप्टको कायरोमा प्राप्त गरेकोे अवार्डबारे जानकारी गराएको हो ।

बीपी डब्लुले गेरटुर्ड मोङगेला अवार्ड, संस्था एवं व्यक्ति र एक्सिलेन्ट प्रोजेक्ट अवार्ड फस्र्ट प्लेस २०१७ प्राप्त गरेको अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी गराइन् ।

भूकम्पले क्षति पुर्‍याएको काठमाडौं र नुवाकोटमा अपांगमैत्री ३९ ओटा घरहरु बनाउनुका साथै अन्य गरेका सामाजिक कामहरुका लागि अवार्ड पाएको अध्यक्ष श्रेष्ठले उल्लेख गरिन् ।

अवार्डका लागि ११० राष्ट्रका सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय कार्यसमितिको युवा प्रतिनिधित्वको निर्वाचनमा भने नेपालको निलिमा बस्नेत विजयी भएको संस्थाले जनाएको छ ।