Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बलले संयुक्त गस्ती गर्ने


0
Shares

कञ्चनपुरको पश्चिम र दक्षिण क्षेत्र भारतसँग जोडिएकाले निर्वाचनका बेला आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सिमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती सञ्चालन गरिएको हो ।

तीन तिर भारतीय सिमाना पर्ने महाकाली नगरपालिका–१ बैलबन्ददेखि वडा नं. १० कुतियाकवर क्षेत्रसम्मको नेपाल-भारत सिमा बस्तीमा संयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ ।

संयुक्त टोलीले महाकाली र पुनर्वास नगरपालिका लगायतका संवेदनशील सिमा क्षेत्रमा सुरक्षाकर्मीहरुले संयुक्त गस्ती सन्चालन गरेका हुन् ।

नेपाल–भारत सिमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न जिल्लाका सवै सिमा पर्ने क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल आउट पोष्टका दोधारा चाँदनीका प्रहरी निरिक्षक भुपबहादुर रानाले जानकारी दिए ।