शंखरापुर पाराग्ल्याइडिङ प्रालिले शंखरापुर नगरपालिकाको साँखुमा पाराग्ल्याइडिङ उडान सुरु गरेको हो ।
समुद्री सतहबाट १९ सय ५ मिटरको उचाईमा रहेको जहरसिंहपौवाको टापुबाट सुरु हुने उडान करिब ३० मिनेटपछि शंखरापुर नगरपालिकाको पटापमा ‘ल्यान्ड’ हुनेछ ।
शंखरापुर पाराग्ल्याइडिङ प्रालिले पाराग्ल्याइडिङका लागि आउने पर्यटकहरुलाई आवश्यक परे यातायात तथा होटलको सुविधा पनि दिने जनाएको छ ।
साहसिक खेलकुदमा रुचि भएकाहरुका लागि काठमाडौंमै एक उत्कृष्ट गन्तव्य प्रदान गर्ने उद्देश्यका साथ सेवा सुरु गरेको कम्पनीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्