Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नेपाल बदला लिने दाउमा


0
Shares

भारत र मलेसियालाई हराउँदै समूह ‘बी’को उपविजेतकोरुपमा नेपालले सेमिफाइनलमा स्थान बनाउँदा अफगानिस्तानले समूह ‘ए’को विजेताकोरुपमा अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी प्रतियोगितामा लयमा रहेको नेपाल शुक्रबार जित निकाल्दै पछिल्ला खेलहरुमा अफगानिस्तानसँग भोगेको हारको बदला लिने दाउमा छ ।

तर, प्रतियोगिताकै बलियो देखिएको अफगानिस्तानलाई रोक्न नेपालले सुधारिएको खेल प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तानबीच शुक्रबार हुने सेमिफाइनलको विजेताले उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई हराउँदै पाकिस्तानले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।