Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


अफगानिस्तानलाई नेपालले दियो १०४ रनको लक्ष्य


0
Shares

क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आज बिहान टस हारेर व्याटिङको निम्तो पाएको नेपालले अफगानिस्तानलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ ।

अफगानिस्तानको घातक बलिङ सामु २८ ओभरमात्रै क्रिजमा टिकेको नेपालले १ सय ३ रन जोडेको हो । नेपालका अनिल कुमार साहले ५० रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

नेपालले अन्तिम १८ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको हो । नेपालको ईनिङ ध्वस्त पार्नेक्रममा बलिङतर्फ अफगानिस्तानका मजिबर रहमान एक्लैले ६ विकेट लिए ।

यो खेल विजेताले पर्सि हुने फाईनलमा पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशलाई डि.एल. मेथडमा २ रनले हराउँदै पाकिस्तान फाईनलमा पुगेको हो ।