शुक्रबार भएको खेलमा मोरङ–११ लाई ३–१ ले हराउँदै रुपन्देहीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको १५औं मिनेटमा मोरङका सुनिल खड्काले गोल गर्दै टिमलाई प्रारम्भिक अग्रता दिलाएका थिए ।
तर, ५३औं मिनेटमा रुपन्देहीका लागि विदेशी खेलाडी अवालेले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए ।
७८औं मिनेटमा रुपन्देहीका अमर डंगोल र ८७औं मिनेटमा विजय धिमालले गोल गरेपछि रुपन्देहीले स्पष्ट जित हासिल गर्यो ।
प्रतियोगिताअन्तर्गत् शनिबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीबीच खेल हुनेछ ।









प्रतिक्रिया दिनुहोस्