शनिबार दिनभर १०० खेलाडीले पोखरामा आफ्नो प्रतिभा देखाएकामा सातजनालाई छनोट गरिएको पोखरा राइनोज टिमका व्यवस्थापक सुविन महर्जनको भनाइ छ ।
छनोट भएका खेलाडीमा मेखबहादुर सेन, प्रकाश खनाल, विजयन विष्ट, दीपक गुरुङ, कुशल मल्ल, सुमन गुरुङ र देव शाह हुन् ।
त्यसैगरी, सोहिल कुँवर र सृष्टि लौडारीलाई विशेष प्रवेश दिइएको छ भने किरण पौडेल र विश्वास पराजुलीलाई अतिरिक्तमा राखिएको छ ।
टिमका कप्तान शक्ति गौचनले छनोटमा परेकालाई दुईहप्ते प्रशिक्षण शिविरमा राखी उत्कष्ट एकजनालाई टिमबाट खेल्ने मौका प्रदान गरिने बताए ।
सो टिमका तीन विदेशी खेलाडीको अझै टुंगो लागेको छैन ।
आगामी पुस ४ देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुने सो प्रतियोगितामा नेपालका विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।









प्रतिक्रिया दिनुहोस्