Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


विश्वकप टी-२० महिला छनोटः आज आज नेपाल र हङकङ भिड्दै


0
Shares

पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् ।

थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो ।

थाई इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सरिता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिए ।

दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।

सोमबार भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्‍यो ।

एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।