Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुरले जिते


0
Shares

मंगलबार नेपालगन्जमा भएको प्रतियोगितामा ४२ किलोमिटर दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै बूढाले उपाधि जितेका हुन् ।

उनले नेपाली सेनाका खडकबहादुर खड्का र सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीलाई पछि पार्दै उपाधि जित्न सफल भए ।

सेनाका खड्काले २ घन्टा २७ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो तथा सशस्त्र प्रहरीका ठकुरीले २ घन्टा २८ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।

प्रथम बोहराले ५५ हजार, दोस्रो खड्काले २५ हजार र तेस्रो भएका ठुकरीले १५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

महिलाको हाफ म्याराथनतर्फ नेपाली सेनाकी रेशु बस्नेतले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम, सेनाकै चन्द्रा रावत १ घन्टा २८ मिनेट ०६ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिन्तकला तेस्रो भए ।