Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आयोजकलाई हराउँदै मनाङ–मर्स्याङ्दी सताक्षी गोल्डकपको फाइनलमा


0
Shares

शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको प्रतियोगिताको मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक टोलीलाई २–१ ले हराउँदै मनाङले फाइनलमा ठाउँ सुरक्षित गरेको हो ।

मनाङका लागि बिमल रानामगर र विशाल राईले एक–एक गोल गरे भने आयोजक टिमका रेजिन सुब्बाले एक सान्त्वना गोल फर्काए ।

विशाल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई १० हजार रुपैयाँ प्रदान गरियो ।

मनाङले बिहीबार हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।