बुधबार काँकडभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा पाहुना टोली भारत, कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो ।
पुलिसको जितमा तीर्थ रानाले दुई तथा भोला सिलवाल र तेज तामाङले एक/एक गोल गरे ।
प्रतियोगिताअन्तर्गत् बिहीबारको खेल सशस्त्र प्रहरी र रुपन्देही–११ बीच हुनेछ ।
१० ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८ लाख १ हजार तथा उपविजेताले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्