थाइल्यान्डमा जारी एसिया क्षेत्रको छनोट प्रतियोगिताअन्तर्गत् बिहीबार भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भयो ।
खेलमा युएईले प्रस्तुत् गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो ।
योसँगै नेपालको विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा छानिने सम्भावना पनि कमजोर भएको छ ।
प्रतियोगितामा यसअघि हङकङ र थाइल्यान्डसँगको खेलमा वर्षा बाधक बनेपछि नेपालले दुवै खेलमा अंक बाँड्नुपरेको थियो ।
६ टोली सहभागी प्रतियोगिताको अंकतालिकामा शीर्ष २ स्थानमा रहने टोली विश्वकप छनोटको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् ।
तीन खेलबाट २ अंक जोडेको नेपाल तालिकाको पाँचौ स्थानमा छ ।
नेपालले अब शुक्रबार मलेसिया र आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्