आर्सनललाई जर्मनीको एफसी कोलोनले १–० ले हराएको हो । हारका बाबजुद आर्सनल युरोपा लिगको अर्को चरणमा भने प्रवेश गरेको छ ।
यो समूहको अर्को खेलमा सर्वियाको रेडस्टार बेलग्रेड र बेलारुसको बाते बोरिसोभले गोलरहित बराबरी खेलेपछि ५ खेलबाट १० अंक जोडेको आर्सनल अर्को चरणमा प्रवेश गरेको हो ।
गएराति भएको अर्को खेलमा अष्ट्रिया वेनलाई ५–१ ले हराउँदै ईटालीको एसी मिलान पनि अर्को चरणमा प्रवेश गरेको छ । उता इङ्लिस क्लब एभर्टन ईटालीको एट्लान्टासँग ५–१ ले पराजित हुँदा यही समूहको अर्को खेलमा फ्रान्सको लियोंले साईप्रसको अपोईल लिमासोललाई ४–० ले हरायो ।
युरोपा लिगअन्तर्गत गएरातिका खेलमा स्पेनिस क्लबहरु भने विजयी भएका छन् । स्पेनको भियारीयालले काजखस्तानको एफसी आस्टानालाई ३–२ ले हराउँदा एथ्लेटिक बिल्बाओले जर्मनीको हर्था बर्लिनलाई ३–२ ले तथा रियाल सोसिडाडले नर्वेको रोजेनबर्गलाई १–० ले पाखा लगाएका छन् ।









प्रतिक्रिया दिनुहोस्