२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


महिला विश्वकप छनोट क्रिकेटमा आज नेपालले चीनसँग खेल्ने


0
Shares

समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ ।

आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ भने युएईले मलेसियाको सामना गर्नेछ । समूहका ४ खेलको समाप्तिसम्म ७ अंक जोडेको थाईल्याण्ड शीर्ष स्थानमा छ ।

समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने तेस्रो स्थानको हङकङको ५ अंक छ । नेपालको ४ अंक मात्रै छ ।

६ टोली सहभागि प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् ।

नेपालले समूहका सुरुवाती दुई खेलमा वर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । तेस्रो खेलमा युएईसँग ५ रनको अप्रत्याससित हार वेहोरेपछि नेपालको यात्रा कठिन बनेको हो ।

चौथो खेलमा मलेसियालाई ३३ रनले हराएपछि प्रतियोगितामा जिवित रहेको नेपालले अन्तिम खेलमा आज चीनसँग खेल्न लागेको हो ।

यसअघिका दुई वटै संस्करणमा चीन शिर्ष दुई स्थानमा रहँदै ग्लोबल क्वालिफायरसम्म पुगको थियो ।