अष्ट्रेलियाको ब्रिसबेनमा सोमबार बिहान सम्पन्न खेलमा पाहुना टोली इंग्लण्डलाई १० विकेटले हराउदै अष्ट्रेलियाले श्रृंखलामा सुरुवाती अग्रता लिएको हो ।
जितको लागि अन्तिम तथा पाँचौ दिन ५६ रन मात्रै आवश्यक रहेको अष्ट्रेलियाले विना कुनै विकेटको नोक्सानीमा उक्त लक्ष्य पार ग¥यो ।
खेलको पहिलो ईनिङमा ३ सय २ रन जोडेको इंग्लण्ड दोस्रो ईनिङमा १ सय ९५ रनमै समेटिएपछि घरेलु टोलीले जितको लागि १ सय ६९ रनको सामान्य लक्ष्य पाएको थियो ।
उक्त लक्ष्य पार गर्नेक्रममा अष्ट्रेलियाका सुरुवाती ब्याट्सम्यानहरु डेभिड वार्नरले अविजित ८७ रन तथा क्यामरुन ब्याङ्क्रफ्टले अविजित ८२ रन जोडे ।
जितसँगै अष्ट्रेलियाले ५ टेष्टको एतिहासिक एसेस श्रृंखलामा १-० को अग्रता लिएको छ । श्रृंखलाको दोस्रो टेष्ट म्याच आगामि शनिवार एडलेडमा सुरु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्