२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हिमालयन शेर्पालाई हराउँदै आयोजक काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा


0
Shares

काँकडभिट्टामा जारी प्रतियोगिताको सोमबार भएको क्वार्टरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २२औं मिनेटमा आयोजक टिमका निराजन खड्काले गरेको गोल नै जितमा निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ द म्याच’ पनि निराजन नै घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत् मंगलबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।