Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिक समीक्षा


0
Shares

राजधानीमा गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणको विगत र भावी योजनाको समीक्षा गरिएको हो ।

नेपालको हवाइ सेवालाई यूरोपियन यू्नियनको सुरक्षा सुचिबाट हटाउन तीन मापदन्ड मध्ये दुई पूरा भइसकेको प्राधिकरणका महानिर्देशक सन्जिव गौतमले बताए ।

प्राधिकरणले ललिपुरको भट्टेडाँडामा राडार निर्माणका लागि अमेरिकाको एफएए टेन्डरबाट सम्झौता गरेको थियो । भट्टेडाँडाको राडार निर्माणको लागि प्राविधिक सम्झौता भई प्रारम्भिक उडानको परीक्षण भइसकेको महानिर्देशक गौतमले जानकारी दिए ।

‘वाइड वडी’ विमानका पार्किङ वेको क्षमता बृद्धिका लागि समेत कार्य भइसकेको प्राधिकरणले जनाएको छ ।

पोखराको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुदुढीकरणको कार्य पनि तोकिएकै समयमा गर्ने प्राधिकरणका उप–निर्देशक दिपेन्द्र प्रसाद श्रेष्ठको भनाइ छ ।