Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


इङ्लिस प्रिमियर लिगमा आज राति चार खेल हुने


0
Shares

अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आज वाटफोर्डको सामना गर्दैछ ।

वाटफोर्डको घरेलु मैदानमा नेपाली सयम अनुसार राति पौने दुई बजे खेल सुरु हुनेछ ।

म्यान्चेस्टर युनाईटेडले गत शनिबार भएको खेलमा ब्राइटनमाथि १÷० को संघर्षपूर्ण जित निकालेको थियो ।

आजै हुने अन्य खेलमा ब्राइटनले क्रिस्टल प्यालेससँग, लेस्टर सिटीले टोटनह्याम हट्सपरसँग तथा वेस्ट ब्रोमले न्युकासल युनाईटेडसँग खेल्नेछन् ।

प्रिमियर लिग फुटबलको १४ औं चरणका बाँकी ६ खेल भोलि राति हुनेछन् ।