
काठमाडौंको टेकुस्थित चिन्तामणी घाटमा ६६ वर्षीय रिम्पोछेलाई महायानी बौद्ध निग्मपा परम्पराअनुसार बौद्ध लामाले दागबत्ती दिएर अन्तिम दाहसंस्कार गरिएको हो ।
निधन हुनु अगाडी रिम्पोछले आफ्नो डायरीमा सो घाटमा नै आफ्नो दाहसंस्कार गर्ने इच्छा लेखेको आधारमा चिन्तामणी घाटमा दाहसंस्कार गरिएको बताइएको छ ।
क्यान्सर रोगबाट पीडित रिम्पोछेको गत शुक्रवार बौद्ध महाकालस्थित आफ्नै घरमा निधन भएको थियो ।
सन् १९७९ मा भारतको वनारसस्थित काशि संस्कृत विश्व विद्यालयबाट वज्रयान बौद्ध अध्ययनमा उच्च शिक्षा हासिल गरेका रिम्पोछे नेपाल, अमेरिका र मेक्सिकोमा रहेको सरस्वती भवनका संस्थापकसमेत हुन् ।
परापूर्वकालदेखिको तन्त्र बज्रयानी बौद्ध योगीक परम्पराको संरक्षणको लागि स्थापना भएको संस्थाले विभिन्न मुलुकमा तन्त्र बज्रयानी बौद्ध शिक्षा र ध्यान अभ्यास गराउँदै आएको छ । सन् १९५१ मा नेपालको डोल्पामा जन्मिएका स्व.आचार्य दावाले विभिन्न तन्त्र बज्रयानी ग्रन्थको अनुवाद र दर्जनौं पुस्तकहरु लेखेका छन् ।
यसैगरी, बज्रयानी बौद्ध अभ्याशकर्ता ध्रुब थापाको पनि मंगलबार नै अन्त्येष्टी गरिएको छ ।
७८ वर्षीय थापालाई निमोनियाको उपचारको क्रममा सोमबार मृत्यु भएपछि टेकुस्थित चिन्तामणी घाटमा नै अन्त्येष्टी गरिएको हो ।
श्रीधर रिम्पोछेको शिष्य रहेका थापा विगत दुई दशकयता बौद्ध धर्म र बज्रयान अभ्याश गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्