
‘रोयल नेपाल गल्फ क्लब’को कोर्समा बिहीबारसम्पन्न प्रतियोगीतामा धनबहादुर थापालाई पछि पार्दै भुवनले शिर्षस्थान हात पारेका हुन् ।
प्रतियोगितामा प्रथम भएका नगरकोटीले कुल १० अन्डर २६२ को स्कोर गर्दा दोस्रो भएका थापाले कुल ४ अन्डर २६८ को स्कोर गरेका थिए । उपाधिसँगै नगरकोटीले ८० हजार पुरस्कार प्राप्त गरे भने थापाले ५० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएका दिपक मगरले ३४ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, प्रतियोगिताअन्तर्गत नै ‘अम्याच्योर’तर्फ सुवाष घिसिङलाई पछि पार्दै टंक बहादुर कार्कीले शिर्षस्थान हात पारे ।
प्रथम भएका कार्कीले ९ ओभर २८१ को स्कोर गर्दा दोस्रो भएका घिसिङले २८९ र तेस्रो भएका मिथुन राइले कुल ३०९ स्कोर गरे ।
प्रतिक्रिया दिनुहोस्