
प्रतीकात्मक तस्वीर
भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो ।
दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ उनले भने, ‘अन्य सम्भावित ठाउँमा पनि अध्ययन अघि बढेको छ ।
पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोट्याउन हेम्जा–नयाँ पुल सुरुङ मार्गको अध्ययन सुरु गरिएको छ । त्यसैगरी नवलपरासीको दाउन्ने, विपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुली बनार, कुलेखानी–हेटौंडा सुरुङ मार्ग रहेका छन् । त्यसैगरी नुवाकोट जोड्ने टोखा–छहरेमा सुरुङ मार्ग बनाउने सरकारी योजना छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्