२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


वीरगन्ज नाकाबाट चार महिनामा पाँच अर्बको मोटरसाइकल भित्रियो


0
Shares

चारपांग्रे सवारीको आयात पनि यो अवधिमा बढेको भन्सार कार्यालयले जनाएको छ । बस, मिनी बस र पिकअप गाडीको आयात भने घटेको छ ।

जिप, कार, भ्यान र मोटरसाइकलजस्ता सवारी साधन राजस्वमा योगदानको हिसाबले महत्वपूर्ण मानिन्छन् । चालु आवको चौमासिकमा ५ अर्ब ४९ करोड रुपैयाँ राजस्व बुझाएर ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको ६५ हजार ४ सय ११ वटा मोटरसाइकल आयात भएका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढी हो । –कान्तिपुर दैनिकबाट