Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मलामीबाट फर्कदै गरेको पिकअप दुर्घटना, किरियापुत्रीसहित ११ घाईते


0
Shares

बिराटनगर–रंगेली सडकखण्डमा रंगेलीबाट लोहन्द्रा खोलामा मलामी गई फर्कदै गरेको को१च ८८४९ नम्बरको पिकअप भ्यान सडक साईडमा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो ।

अपरान्ह साढे ४ बजे भएको उक्त दुर्घटनामा परी क्रियापुत्रीसहित ११ जना घाईते भएका हुन् । घाईते सबैलाई उपचारकालागि नोबेल अस्पताल बिराटनगर पठाईएको प्रहरी चौकी कर्सियाले जनाएको छ ।

पिकअपलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।