Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेप्से परिसूचक ३२.२४ बिन्दुले बढ्यो


0
Shares

काठमाडौं, पुस ८ । धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२.२४ बिन्दुले बढेर एक हजार १९८.१८ बिन्दुमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार २.७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३१ बिन्दुले वृद्धि भई २५५.३८ पुगेको छ ।

कूल १६४ कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर रु ८७ करोड ५५ लाख ७२ हजार ७६३ मूल्यमा खरीद–बिक्री भएका छन् । 

स्टकका अनुसार आज कारोवार भएका उपसमूहमध्ये उत्पादनबाहेक सबै उपसमूहका शेयर बढेका हुन् । उत्पादन ६.०५ बिन्दुले घटेको बजारमा निर्जीवन बीमा सबैभन्दा बढी ३१८.०२ले बढेको छ । बैंकिङ २४.९२, होटल ६३.९२, विकास बैंक २८.६४, जलविद्युत् २६.१६, वित्त ४.९३, लघुवित्त ६३.७५ र जीवन बीमा २४७.३३ ले बढेको छ । 

यसैगरी आइएमई जनरल इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स, कालिका लघुवित्त वित्तीय संस्था, गुँरास लाइफ इन्सुरेन्स, ओम्नी माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स र ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज कमाएका छन् । 

यस्तै कैलाश विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर रैराङ हाइड्रोपावर डेभलेपमन्ट कम्पनी, सप्तकोशी विकास बैंक, हिमालयन डिस्टिलरी, बरुण हाइड्रोपावर र कन्काई विकास बैंकका शेयरधनीले गुमाएका छन् । (रासस)

Skip This