२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


नेपालमा विदेशी कामदार कति आउँछन् ?


0
Shares

श्रम विभागका अनुसार पछिल्लो समय नेपालमा श्रम स्वीकृति लिएर आउने कामदारको संख्या बढ्दो छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा भारत बाहेकका तेस्रो मुलुकबाट नेपाल विभिन्न क्षेत्रमा काम गर्न आउनेको संख्या एक हजार ४१ रहेको विभागका महानिर्देशक देवराज ढकालले जानकारी दिए ।

तर आव २०७३/०७४ को चार महिनामा यो संख्या चार सय ५८ मात्र थियो । चालु आवको पहिलो चौमासिकमा नेपालमा काम गर्न भन्दै सात सय १२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याकंले देखाउँछ ।

सोही अवधिमा पहिले नै नेपाल आइ काम गरिरहेका तीन सय २९ जना कामदारले श्रम स्वीकृती नविकरण गरेका छन् ।

गत आवको पहिलो चौमासिकमा नयाँ कामका लागि श्रम स्वीकृती लिनेको संख्याभन्दा चालु आवका श्रम स्वीकृत लिइ काम गर्ने आउने विदेशीको संख्या पाँचसय ७९ ले बढी हो । –अन्नपूर्णपोष्ट दैनिकबाट