Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


निर्वाचनबारे चीन र भारत किन मौन ?


0
Shares

तर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्बाचन शान्तिपूर्ण तथा स्वच्छ रुपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् ।

भारतले निर्बाचन सम्पन्न भइसकेपछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी टिप्पणी गर्दैनौं, निर्बाचनको परिणाम आइसकेपछि हार्दिकतापूर्वक धारणा राख्छौं, घटनाक्रमलाई नजिकबाट हामीले नियालिरहेका छौं’, भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दाँयाँबाँया हुँदैन, हामी नेपालका सबै पक्षसँग निरन्तर संवाद र सम्पर्कमा छौं ।’

चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपाल स्थित चिनियाँ दुताबासका एक अधिकारीले बताए । –नयाँ पत्रिका दैनिकबाट