२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चितवनमा ‘नेपो रोटा मिनी म्याराथन’ हुने, विजेतालाई ५० हजार


0
Shares

नारायणगढ रोटरी क्लबको आयोजनामा आगामी पुस ३ गते हुने १५ किलोमिटरको म्याराथन पूर्वी चितवनको रत्ननगरस्थित टाँडीबाट सुरु भइ नारायणगढको लिलाचोकमा पुगेर समापन हुनेछ ।

म्याराथनमा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

म्याराथनमा देशभरबाट १५० भन्दा बढी धावकहरुको सहभागिता रहने जनाइएको छ ।