Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बस दुर्घटना र आगलागीका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


0
Shares

से१ख ११९२ नम्बरको यात्रुवाहक बस आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखन्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार ६ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गए राति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ ।

आगलागी हुँदा घरमा उनीबाहेक अन्य कोही थिएनन् । रासस