निमा तेन्डी शेर्पाको घरमा ग्यास चुहिएर आगलागी हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।
आगलागीबाट एक लाख ५० हजार रुपैयाँ नगदसहित ढुङ्गा, माटोले बनेको तीन तले घर, घरमा भएको सुनचाँदी, तामालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । घरमा कोही नभएको समयमा आगलागी भएको थियो ।
घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीय प्रकाश मगरले बताए ।










प्रतिक्रिया दिनुहोस्