Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बेत्रावतीमा पितृतर्पण (९ तस्वीर)


0
Shares

धार्मिक एवं पवित्र त्रिशूली, सलाँखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा दिवंगत पितृहरूको चीर–शान्तिको कामना गर्दै जौको पिन्ड दिएर विभिन्न स्थानबाट पुगेका हिन्दु धर्मालम्बीहरुले सोमबार बिहानैदेखि श्राद्ध गरेका थिए ।

यस अवसरमा मुलुकका विभिन्न स्थलबाट श्रद्धालुहरु दिवंगत पितृको नाममा पिन्डतर्पण गर्न पवित्र तीर्थस्थल उत्तरगयाधाममा पुग्ने गर्छन् ।

हिन्दु धर्मावलम्बीहरुको मुख्य चारधाममध्ये नेपालमा रहेको एकमात्र उत्तरगयाधाममा पिन्डतर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको छ ।

हिन्दु धर्मावलम्बीहरुको पुराणअनुसार कालकूट विष पिइ त्यसको राप शान्त पार्न भौंतारिएर हिँडेका महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थलसमेत भएकाले पवित्र भूमिकोरूपमा उत्तरगया परिचित रहेको छ ।

परापूर्वकालदेखि नै नेपालका विभिन्न स्थानसहित भारतबाटसमेत श्रद्धालुहरु बेत्रावतीमा श्राद्ध गर्न आउने गरेको बताइन्छ ।

त्रिशूली, सलाँखु र फलाँखु नदीको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङभञ्याङ, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको छ ।