१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


मृग भनेर गोली हान्दा महिला घाइते, चार ‘शिकारी’ समातिए


0
Shares

बुधबार दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी हुन् ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने चार युवकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

घाइते दुलाललाई उपचारका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । रासस