
यस आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।
यस प्रहरी प्रमुख कार्यालयमा शुक्रबार विहान सबेरै भएको आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ । अफगानिस्तानमा हालका दिनहरुमा अफगान सुरक्षा अधिकारीहरुलाई लक्षीतगरी तालिवान आतंककारी समूहले आक्रमण गर्ने गरेका छन् ।
कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता घोरजाङ आफ्रिदीले यस आक्रमणमा ६ जना प्रहरी मारिनुको साथै अन्य चार घाइते भएका बताएका छन् ।
यस आक्रमणमा परेका ती सबैजना पीडितहरु स्थानीय प्रहरी भएको आफ्रिदीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
विस्फोटन भीषण भएको र विस्फोटनको आवाज प्रहरी प्रमुख कार्यालयकबाट निकै टाढासम्म सुनिएको एक स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई नाम नबताउने शर्तमा बताएका छन् ।
ती प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता रहेका छन् ।
अफगानिस्तामा करिव १६ वर्ष यतादेखि तालिवान आतंककारी समूहले हिंसा जारी राखेको छ । उनीहरुले द्वन्द्वको क्रममा प्रहरी र सैनिक निरुउत्साहित गर्नको लागि सुरक्षाबल माथि आक्रमण गर्दै आएका छन् । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्