२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अब चेलीबेटी खोज्न मोबाइल एप, अमेरिकी कम्पनीले दियो १० करोडको उपहार


0
Shares

माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमा नाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रुपमा जान लागेका, बेचविखनमा पर्न लागेका बालबालिका र चेलीबेटी तुरुन्त पत्ता लाग्नेछ ।

अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी आउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रधान गरेको हो ।

एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलीबेटी खोज्ने कार्य सहज हुने भएको हो ।

अन्तराष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मुल्य करिब १ मिलियन अमेरिकी डलर अर्थात १० करोड नेपाली रुपैंयाँ बराबरको भएको नाउट्रिकिट इन्क कम्पनीका प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए । -राजधानी दैनिकबाट