१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


क्रिसमसको पूर्व सन्ध्यामा उपत्यकाबाट १६७ जना पक्राउ


0
Shares

महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौैं जिल्लाबाट १४९, ललितपुरबाट १५ र भक्तपुरबाट ३ जनालाई नियन्त्रणमा लिइएको हो ।

सामान्य दिनको तुलनामा क्रिसमसको पूर्व सन्ध्यामा केही बढी नै पक्राउ परेका हुन् । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, कुटपिट गर्ने, शंकास्पद गतिविधिमा संलग्न हुने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिँदै आएको छ ।

विगत २४ घण्टामा राजधानीमा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।