धनकुटाको मूलघाटदेखि सुनसरीको चतारासम्मको यो साहसिक यात्राका लागि बर्सेनी सयौंले मनोरन्जन लिँदै आएका छन् ।
र्याफ्टिङको सिजन सुरु भएसंगै धनकुटाको मुलघाट स्थित तमोर नदीमा र्याफ्टिङ गर्ने पर्यटकको चाप बढेको हो ।
नदीमा र्याफ्टिङको लागि दैनिक तीन कम्पनीका दुइ बोट मार्फत चालिस भन्दा बढी पर्यटकले मनोरन्जन लिँदै आएका छन् ।
नेपालकै तेस्रो उत्कृष्ट र्याफ्टिङ गन्तव्य मानिएको तमोर नदीमा मंसिरदेखि जेष्ठ महिनासम्म नियमित रुपमा र्याफ्टिङ हुने गर्छ ।
करिव ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाईलो हुने गरेको छ ।
माईनस ४ डिग्रीसम्मको ‘र्यापिट’ भएकाले मस्र्याङ्दी नदी र भोटेकोशीपछि तमोर नदी र्याफ्टिङका लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको सेतु एड्भेन्चर प्रालिका सन्चालक सेतु सिलवाल बताउँछन् ।
प्रतिब्यक्ति २५ सय रुपैयाँ लाग्ने सो साहसीक खेलमा प्रत्येक बर्ष सयौंले मनोरन्जन लिँदै आएका छन् । र्याफ्टिङ्ग गर्न आउने पर्यटक निकै उत्साहित देखिन्छन् ।
त्यसैले एकपटक र्याफ्टिङ्ग गरिसकेपछि पनि पुनः दोहोर्याएर र्याफ्टिङ्ग गर्न आउने गरेको धरान १६ का पर्शुराम मगर बताउँछन् ।
पानीमा खेल्न पाइने, नदीका बिभिन्न रुप देख्न पाइने, जल यात्राको अनुभव गर्न पाइनेलगायतका कारण पर्यटकमा उत्साह थपिएको र्याफ्टिङ्ग गर्न आएका नबिन कार्की बताउँछन् ।
तीन कम्पनी मार्फत बार्षिक १२ सय भन्दा बढी ब्यक्तिले तमोर नदीमा र्याफ्टिङ्ग गर्दै आएका छन् ।
र्याफ्टिङकै कारण एकातिर पर्यटकले मनोरन्जन लिँदै आएका छन् भने अर्कोतिर धनकुटामा थप आन्तरीक तथा बाह्य पर्यटकको चहलपहल समेत बढ्दो छ ।









प्रतिक्रिया दिनुहोस्