क्लिंकरका कारण मानव स्वास्थ्यमा असर परेको भन्दै रक्सौलबासीले बाटाचोकमा सवारी साधनमा रोक लगाएका हुन् ।
वीरगन्ज–रक्सौल नाकाहुँदै भित्रिने क्लिंकरलगायतका कारण प्रदूषण भएको उनीहरुको भनाइ छ ।
यसअघि पनि रक्सौलका बिभिन्न संघ–संस्थाले यसबिरुद्ध आन्दोलन चलाएका थिए ।
वीरगन्जमा दर्जनभन्दा बढी सिमेन्ट उद्योग छन् । ती उद्योगले करिब ८५ प्रतिशत कच्चा पदार्थ भारतबाटै ल्याउने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्