Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो : प्रमुख शाक्य


0
Shares

पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रमुख शाक्यले रासससँग कुरा गर्दै भने–‘सम्पदा सबैको साझा सम्पत्ति हो, त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माणमा समस्या नल्याउनोस् ।’

उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए ।

‘पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो’–प्रमुख शाक्यले भने–‘यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु ।’

‘रानीपोखरीमा वाटर फाउन्टेन राख्छौं । यो पोखरीलाई रमणीय र सुन्दर पार्ककारुपमा संरक्षण र विकास गर्छौं’–उनले भने–‘सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।’

उनले रानीपोखरी पुनःनिर्माणकाक्रममा कंक्रिट हालिएको भन्दै पुरातत्वविद्हरुले आपत्ति जनाएकोप्रति संकेत गर्दै भने–‘रानीपोखरीलाई प्रताप मल्लले बनाएका हुन् भनेर त्यस्तै अवस्थामा छाड्ने नभइ सम्पदाको संरक्षण गर्दै समयसापेक्ष बनाउने हो ।’

वि.सं. २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो । रासस