Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


काबेली विकास र माउन्ट मकालु डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गर्दै


0
Shares

दुवै बैंकले सोमबार छुट्टा–छुट्टै विशेष साधारणसभा गरेर एकीकृत कारोबार सुरु गर्ने निर्णय पारित गरेका हुन् ।

एकीकृत बैंकको नाम काबेली र अध्यक्ष पनि काबेलीकै रहनेगरी धनकुटा, तेह्रथुम र मोरङ जिल्लामा एकीकृत कारोबार सुरु गर्न लागेको काबेली बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले जानकारी दिए ।

दुई बैंक गाभिएपछि कुल चुक्तापुँजी १४ करोड ५० लाख ७२ हजार रुपैयाँ पुगेको बैंकको संस्थापक पुँजी ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत पुँजी रहनेछ ।

दुबै बैंकको हकप्रद सेयर ६ करोड ५५ लाख रुपैयाँ बराबर र प्रस्तावित बोनस सेयर ४ करोड ४५ लाख बराबर रहेको छ ।

बैंकले विशेष सधारणसभाबाट १ः१.१५ को रेसियोमा नयाँ प्रस्तावित हकप्रद सेयरबाट २४ करोड ८४ लाख गरी कुल चुक्तापुँजी ५० करोड ३५ लाख पुर्‍याउने काबेली बैंकका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र बादेले जानकारी दिए ।