पश्चिमबाट पूर्वतर्फ गइरहेको लु३८प २१२५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने ७३ वर्षीय गणेश जोशीको मृत्यु भएको हो ।
साइकलमा सवार वृद्ध जोशीलाई बाटो काट्नेक्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका जोशीलाई कोहलपुर मेडिकल कलेज नेपालगन्ज लगिएकोमा उपचारकाक्रममा उनको ज्यान गएको सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय आशिष घिमिरेलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्