Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बिपी राजमार्गमा सडक अतिक्रमणका कारण दुर्घटना बढ्दो


0
Shares

पछिल्ला तीन महिना यता यो सडकमा ३० वटाभन्दा बढी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाको गौमती नदी पुलदेखि हिरापानीसम्मको करिव ६ किलोमिटर क्षेत्रमा सडक अतिक्रमण बढेको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर स्थानीयबासिन्दाले मोटर ग्यारेज, होटललगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । मुआब्जा पाएका स्थानीयले नै सडकको दायाँबायाँ १५ मिटर क्षेत्रमा अतिक्रमण गर्दासमेत सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना र कमलामाई नगरपालिकाले कुनै चासो देखाएका छैनन् ।

सडक साँघुरिएका कारणले दुर्घटना बढेका हुन् । सडकमा सवारीको चाप बढ्दै गएको तर अतिक्रमण नरोकिँदा यातायातका साधन व्यवस्थापनमा समेत समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।