Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


विदेशमोह त्यागेर गाउँमै पशुपालन गरेका हरिबहादुर मालामाल


0
Shares

२०६८ सालबाट गाईफार्म सञ्चालन गरेका हरिबहादुर राना अहिले मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् । एउटा गाई पालनबाट व्यवसाय शुरु गरेको रानासँग अहिले ८ वटा जर्सी तथा स्थानीय जातका गाई छन् ।

उनले बर्खाको समयमा दैनिक ५० लिटर र सुख्खा याममा २० लिटरसम्म दूध उत्पादन गरी सहकारीमार्फत बिक्री गर्दै आएका छन् । दूध बिक्रीका लागि बजारिकरणको कुनै पनि समस्या नरहेको भन्दै उनले माग अनुसार दूध उत्पादन गर्न अझै नसकिरहेको बताए ।

२०५९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ३ वर्षपछि स्वदेश फर्किएका उनले किराना, फेन्सी पसल सञ्चालन गर्दै गाईपालनमा लागेका हुन् । अन्य व्यवसायबाट राम्रो प्रतिफल नपाएपछि गाईपालन सुरु गरेको उनले बताए ।