Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने


0
Shares

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निर्णय गरेको हो ।

मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि बिहीबार बसेको बैठकले पोखरी पुनःनिर्माणका लागि अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

समितिको प्रतिवेदन पेस भइ अर्को निर्णय नआउँदासम्मका लागि पुनःनिर्माणको काम नहुने पनि कामपाका प्रमुख शाक्यले राससलाई जानकारी दिए ।

इतिहासमा उल्लेख भएअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन वि.सं. १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । रासस