
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले यही पुस १९ देखि २३ गतेसम्म महोत्सव गर्न लागेको हो ।
सो समितिका संयोजक लक्ष्मीनरायण चौधरीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराए ।
संयोजक चौधरीले थारु कला, संस्कृति, भेषभूषा र खानपान लोप हुन लागेको अवस्थामा युवापुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्ने गरेको बताए ।
उनले थारु समुदायलाईमात्र नभएर सबै समुदायका व्यक्तिहरुलाई थारु संस्कृतिकाबारेमा जानकारी दिने महोत्सवको उद्देश्य रहेको बताए । महोत्सको तयारी तीव्रगतिमा भइरहेको उनले जानकारी दिए ।
वि.सं. २०६८ देखि हुन थालेको भादा महोत्सवको यो सातौं संस्करण हो ।
प्रतिक्रिया दिनुहोस्