१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फेरि दाता सम्मेलनको तयारी गर्दै प्राधिकरण


0
Shares

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी आर्थिक वर्ष पुनःनिर्माणका लागि साढे ३ खर्ब रुपैयाँ अपुग हुने भन्दै दाता सम्मेलनको तयारी गरिरहेको बताए ।

बिहीबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा रकम अभाव नहुने तर अर्को वर्ष अभाव हुने भएकाले दाता सम्मेलन गर्नुपर्ने जिकिर गरे ।

पहिलो दाता सम्मेलनमा ४ खर्ब रुपैयाँभन्दा बढी रकम सहयोग जुटेको भएपनि खासै खर्च हुन सकेको छैन । प्राधिकरणले हालसम्म ७२ अर्ब रुपैयाँमात्र खर्च गरेको छ ।

प्राधिकरणको ऐन पुनःनिर्माणमैत्री नहुँदा काममा ढिलाइ भएको दाबी उनको छ ।

आगामी असारभित्र ६० प्रतिशत निजी आवास निर्माण भइसक्ने दाबी उनले गरे ।

यस्तै, आगामी आर्थिक वर्ष धरहरा निर्माण सुरु गर्ने प्राधिकरणको भनाइ छ ।