
२१औं महिला भलिबलको उपाधि भने सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्यो ।
उपाधिसँगै आर्मी र सशस्त्रले ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ दोस्रो भएको सशस्त्र र महिलातर्फ दोस्रो भएको मध्यमाञ्चलले ३०/३० रुपैयाँमा चित्त बुझाए ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीले सशस्त्रलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा हरायो ।
महिलातर्फ सशस्त्रले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगितामा पुरुषतर्फ आयोजक पश्चिमाञ्चल र महिलातर्फ नेपाल पुलिस क्लब तेस्रो भए । तेस्रो भएका दुवै टिमले २०/२० हजार रुपैयाँ पाए ।
पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ सशस्त्र प्रहरीकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १०/१० हजार रुपैयाँ जिते ।
प्रतिक्रिया दिनुहोस्