
चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । ६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।
प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । ‘घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्