१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


दक्षिण अफ्रिका पुर्‍याई अलपत्र पार्ने ‘ठग’ समातिए


0
Shares

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोरङ, सुन्दर हरैचा नगरपालिका घर भई हाल काठमाडौं चन्द्रागिरि बस्ने चित्रप्रसाद ढुंगेललाई आइतबार पक्राउ गरेको हो ।

ढुंगेलले कलंकीमा ‘क्यारियर हब प्रालि’ शैक्षिक परामर्श केन्द्र सन्चालन गर्दै आएका छन् ।

उनले प्रतिव्यक्ति रु सात लाखभन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पुर्‍याएपछि पीडितलाई बिना कुनै पारिश्रमिक काममा लगाई अलपत्र पारेको आरोप छ । पीडित भागेर नेपाल फर्किएका थिए ।

नेपाल फर्किएपछि ढुङ्गेलले पीडितलाई उल्टै धम्की दिएपछि ब्यूरोमा आएर निवेदन दिएका थिए । पक्राउ परेका ढुंगेललाई जिल्ला अदालत, काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र रु दुई लाख जरिवानाको व्यवस्था छ । रासस